संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ ।

पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement

पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले सोमबार साँझ सूचना जारी गर्दै नेवार समुदायले मनाउने गाईजात्रा महत्वपूर्ण पर्व रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए ।

यसैगरी धनकुटा नगरपालिकाले पनि आज बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) का अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!