संगालोखबर

धनकुटा । २५औं सामुदायिक वन दिवस धनकुटामा वृक्षरोपण गरी मनाइएको छ । आज आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन र वनसँग आवद्ध संघ संस्थाका प्रतिनिधिले वृक्षरोपण गरेका थिए । धनकुटा नगरपालिका–३, कागतेमा रहेको सिलढुंगा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । यसै अवसरमा छथरजोरपाटी गाउँपालिका–१ र २ नम्बर वडाको सिमानामा पर्ने सिंहदेवी तारेभीर सामुदायिक वनमा पनि विभिन्न जातका बिरुवा तथा फलफूलका बिरुवा रोपिएको थियो ।

Advertisement

‘उत्पादन रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । तारेभीर सामुदायिक वनमा गुराँस, तेजपत्ता, कल्की, बइस, धुपी, चाँप, स्वामी, लोक्ता लगायतका  बिरुवा रोपिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिए ।

डिभिजन वन कार्यालय धनकुटा, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल धनकुटा र विभिन्न सामुदायिक वनको आयोजनामा तथा सहकार्यमा वृक्षरोपण गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, गाउँपालिका उपाध्यक्ष गीता खेवा, डिभिजन वन कार्यालयका भरतबहादुर श्रेष्ठ, स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!