सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले गत आर्थिक वर्षमा ३७९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आज अदालतले गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा यो जानकारी दिइएको हो । धनकुटा इजलासमा २०८० साउनदेखि २०८१ असार सम्ममा रहेका ४५२ मुद्दामध्ये ३७९ वटा टुङ्गो लगाइएको जनाइएको छ । जिम्मेवारी सरेका १३२ र नयाँ दर्ता ३२० गरी ४५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

Advertisement

अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्रतिशत अर्थात ७३ बटा मुद्दा फर्छ्यौट भएको जनाइएको छ । एक वर्षभन्दा पुराना मुद्दा सङ्खुवासभा जिल्ला अदालत र उच्च अदालत विराटनगर धनकुटा इजलासमा नरहेको अदालतका रजिष्टार राजकुमार दाहालले जानकारी दिए ।

उच्च अदालत विराटनगर इजलास मातहतका ४ जिल्ला अदालतले पनि गत आर्थिक वर्षमा उल्लेख्य रूपमा मुद्दा फर्छ्यौट गरेको जनाइएको छ । जसमा धनकुटा जिल्ला अदालतले ७६ दशमलव ४६, तेह्रथुम जिल्ला अदालतले ६८ दशमलव १६, भोजपुर जिल्ला अदालतले ७९ दशमलव ४४ र सङ्खुवासभा जिल्ला अदालतले ७६ दशमलव ८१ प्रतिशत मुद्दा फर्छ्यौट गरेका छन् ।

धनकुटा जिल्ला अदालतले ६६७ मा ५१०, तेह्रथुम जिल्ला अदालतले ४०२ मा २७४, भोजपुर जिल्ला अदालतले ५७४ मा ४५६ र सङ्खुवासभा जिल्ला अदालतले ५३९ मा ४१४ थान मुद्दा फर्छयौट गरेका छन् । धनकुटा जिल्ला अदालतमा १९९, तेह्रथुम जिल्ला अदालतमा ९९, भोजपुर जिल्ला अदालतमा २२१ र सङ्खुवासभा जिल्ला अदालतमा १३८ थान मुद्दा जिम्मेवारी सरेका छन् । नयाँ दर्तामा धनकुटा जिल्ला अदालतमा ४६८, तेह्रथुम जिल्ला अदालतमा ३०३, भोजपुर जिल्ला अदालतमा ३५३ र सङ्खुवासभा जिल्ला अदालतमा ४०१ थान मुद्दा थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!