संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । मोटरसाइकलमा गाँजा ओसारिरहेको अवस्थामा प्रहरीले धनकुटाको साँगुरीगढी–९ का २३ वर्षीय रामबहादुर राईलाई पक्राउ गरेको छ । सुनसरीको दुहबी–५ मा उनी चढेको बा ५७ प १२२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा गाँजा ओसारिरहेको पाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले ३९ किलो गाँजा बरामद गरेको छ । धनकुटाका राईसहित प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा, मोरङ र सुनसरी लगायत जिल्लाका छन् । यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–५ का ३० वर्षीय बसन तामाङ र २६ वर्षीय रूपेश तामाङलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

Advertisement

यस्तै, धरान–५ का १७ वर्षीय अभिष राई र ३० वर्षीय जुसन राईलाई निषेधित औषधि कोलिवान २ हजार १०० वटा ट्याब्लेट सहित पक्राउ गरिएको छ । यसैगरी, सुनसरीको गढी गाउँपालिका–६ का ३२ वर्षीय रमेश  सरदार निषेधित औषधि नाइट्रोभेट २० ट्याब्लेट सहित पक्राउ परेका छन् । मोरङको पथरीस्थित इलाका प्रहरी कार्यालयले  पथरी शनिश्चरे नगरपालिका–१ कासुजन गुरुङ, सावाहाङ राई, सुसाङ लिम्बु र भानु लिम्बुलाई १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!