
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित जुटमिल नजिकको खाली जमिनमा विस्फोटक पदार्थ पड्किदा ससुरा र बुहारी घाइते भएका छन् । फोहोर सफा गर्ने क्रममा आज बिहान करिब ११ः३० बजे विस्फोट भएको हो । के विस्फोट भएको यकिन भएको छैन ।
विस्फोटमा परेर स्थानीय ६५ वर्षीय हैदर अली र उनकी बुहारी ४० वर्षीया नजवा खातुन सामान्य घाइते भएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । ‘सरसफाइ गर्ने क्रममा पुरानो केही सामान देखेर चलाउँदा विस्फोट भएछ,’ एसपी कटवालले संगालोखबरसँग भने, ‘के विस्फोट भएको हो भन्ने यकिन भएको छैन ।’
विस्फोटबाट ससुरा हैदरको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ भने बुहारी खातुनको दुवै हात र छातीमा चोट लागेको छ । घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

संगालोखबर 
























