सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । कुनै समय खानेपानीको समस्या हुँदा बस्ती नै विस्थापित भएको धनकुटा कुरुलेस्थित बन्दुकेडाँडा अचेल हराभरा हुँदै गएको छ । सुख्खाग्रस्त यो ठाउँमा पोखरी निर्माण गरिएपछि हरियाली बढ्न थालेको हो ।

चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा पोखरी निर्माण भएसँगै अवस्था फेरिन थालेको स्थानीय बासिन्दाले बताए । कृषिसम्बन्धी गतिविधि गर्दै आएको तमोर पर्माकल्चर नामक संस्थाले बन्दुके डाँडामा पोखरी निर्माण गरेको छ ।

Advertisement

उक्त पोखरीमा वर्षाको आकाशे पानी सङ्कलन गरेर जम्मा गर्ने गरिन्छ । जम्मा गरेको पानी फर्ममा प्रयोग गरिंदै आएको छ । पोखरी निर्माण भएसँगै लिफ्ट प्रविधिबाट खानेपानी ल्याउने काम पनि भइरहेको छ ।

पहिले गाउँमा पानी नहुँदा कतिपय स्थानीय बासिन्दा अन्यत्र बसाइँ गएका थिए । बसाइँ सर्ने क्रम तीव्र बन्दा गाउँ सुनसान हुन थालेको थियो । केही वर्षयता पर्माकल्चरले यहाँ कृषि फार्म सञ्चालन गर्दै आएको छ । त्यसपछि भने गाउँको अवस्था फेरिन थालेको हो ।

मुहान सुकेर खानेपानी अभाव हुनु नै बसाइँ सराइको कारण थियो । तर पछिल्ला दिन गाउँमा परिवर्तन आउन थालेको अनुभव बन्दुके डाँडा पुगेका धनकुटाका रत्नबहादुर जिमीले सुनाए ।

अहिले विकास निर्माणका अरु काम पनि गाउँमा भएका छन् । बिजुली, इन्टरनेट लगायतका सुविधा सहज हुन थालेको छ । तमोर पर्माकल्चरले ३३ रोपनी जग्गा ६ लाख ६० हजारमा खरिद गरेको थियो । फर्ममा सातजना कर्मचारी छन् । उनीहरूको सक्रियतामा गाउँमा कृषि कर्म विस्तार हुँदै गएको छ ।

अचेल बन्दुके डाँडामा एभोकाडो, किबी, सुन्तला, कागती खेती हुन थालेको छ । विदेशी नागरिक राजीव गोयलले चार वर्षअघि त्यहाँको अवस्थाको अध्ययनपछि अन्तर्राष्ट्रिय सहयोग जुटाएर काम गर्दै आएका छन् ।

गोयलले करिब ३ सय ४६ रोपनी जग्गा खरिद गरी सामुदायिक खेती गर्न किसानलाई तालिम समेत दिएका थिए । तालिमपछि त्यही जग्गामा चारवटा पोखरी बनाइएको पर्माकल्चरका व्यवस्थापक भोजकुमार काफ्लेले बताए ।

बसाइँ सराइले उजाडिएका धनकुटाको कुरुलेका डाँडा कृषि कर्मले हराभरा

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!