संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–४ देब्रेबासको गणेशधाराका ६० वर्षीय कुमार राईको मृत्यु भएको हो ।

आफ्नै घरमा बिजुलीको मल्टिप्लग जोड्ने क्रममा आज साँझ करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

Advertisement

करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!