सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–१, हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा नागपञ्चमी अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नागपञ्चमी तथा मन्दिरको १४औं वार्षिकोत्सव अवसरमा मन्दिर परिसरमा एक दिने मेलाको आयोजना गरिएको हो ।

Advertisement

मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । विभिन्न ठाउँबाट पूजापाठ गरी मेला भर्न आउनेको सङ्ख्या उल्लेख्य थियो । प्रत्येक वर्ष यो मन्दिरमा नागपञ्चमीको अवसरमा मेला लाग्ने गरेको छ । नाग देवताको बास रहेको विश्वासका साथ भक्तजनहरू पूजाका लागि आउने गर्छन् । योे मन्दिरमा पूजा आराधनाका लागि छिमेकी जिल्ला तेह्रथुम, भोजपुर, सङ्खुवासभा लगायत जिल्लाबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

मेलामा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । यो क्षेत्रमा १४ वर्षअघि नाग पञ्चमीकै दिन नाग देवता सहित दर्जनभन्दा बढी देवी देवताका मूर्ति कुँदिएका ढुङ्गा प्राकृतिक रुपमा देखा परेपछि धार्मिकस्थलको रुपमा स्थापित हुदै आएको छ ।

त्यसपछि नागपञ्चमीको दिन मन्दिरमा श्रद्धाका साथ पूजा अर्चना गर्ने भक्तजनको भीड लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र तामाङले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!