संगालोखबर

धनकुटा । चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविमा अध्ययनरत विद्यार्थीले रोबोटिक यन्त्रहरु बनाएका छन् । कक्षा १२ को विभिन्न सङ्कायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सातजना विद्यार्थी र तीनजना प्रशिक्षकहरूको एक महिने प्रयासमा ती सामग्री बनाइएको हो ।

Advertisement

विद्यार्थीहरूले हातले नछोइ सेन्सरबाट बिर्को उघ्रने डस्टबिन र ब्लुटुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार, अफ्ट्रयाकल अभोइडिङ्ग कार बनाएका छन् । त्यस्ता सामग्री आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामान निर्माण गर्नका लागि आधारशिलाका लागि बनाइएको प्रशिक्षक रामचन्द्र लिम्बूले जानकारी दि

विद्यार्थीले बनाएका सामग्री चौबिसे गाउँपालिकामा प्रदर्शन गरिएको थियो ।  ती सामग्री हेरेपछि गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग, उपाध्यक्ष टङ्कमाया पाङ्मी तथा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले विद्यार्थीलाई बधाई दिँदै थप सफलताको शुभकामना व्यक्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!