संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नुनथलामा आज दिउँसो बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

Advertisement

इटहरीबाट वसन्तपुरतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १-०४-००१ प १८०७ नम्बरको मोटरसाइकल दिउँसो करिब १ बजे आपसमा जुधेका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ का ३५ वर्षीय रविकिरण लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । उनको दाहिने खुट्टामा चोट लागेको छ । घाइते लिम्बूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनापछि बोलेरो र चालक पाँचथरको कुमायक गाउँपालिका-५, स्माम्बुम्बा भुल्केका ३६ वर्षीय राजेन्द्र माझीलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!