संगालोखबर

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

Advertisement

जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश कमिटी सदस्य एवं पूर्व धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष लिलाराज लावती पनि एमालेमा गएका छन् ।

नेपाली काँग्रेस साँगुरीगढी गाउँपालिका उपसभापति प्रकाश राई, नेकपा एसका नेता प्रा.डा.गोपालबहादुर भट्टराई, नेकपा एस साँगुरीगढी वडा नं.३ का अध्यक्ष प्रवेश लिंखा पनि एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर करिब ५ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए ।

उनीहरूलाई एमालेका केन्द्रिय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, केन्द्रिय सदस्य सकुन्तला बस्नेत र बिनादेवी राई, अग्रज नेता गोपाल गुरागाईं, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा नवप्रवेशीको तर्फबाट बोल्दै बलबहादुर राईले खहरे खोलामा बसेर समय बर्बाद गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेर मूलधारको पार्टीमा आएको धारणा राखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!