संगालोखबर
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

विराटनगर । धनकुटामा क्यान्सर उपचारसम्बन्धी सेवा उपलब्ध हुने भएको छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा कोशी प्रदेशको धनकुटाबाट सेवा दिने भएको हो ।

अस्पतालले भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने जनाइएको छ ।

Advertisement

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको बताए । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचार कक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए ।

क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको जनाइएको छ । कार्यकारी निर्देशक डा. पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको टोली विस्तारित केन्द्रमा खटिने छन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!