धनकुटामा कृषि–औद्योगिक मेलाः १ करोड ८० लाखको कारोबार
धनकुटा । धनकुटामा भएको प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबलमा १ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार सम्पन्न भएको औद्योगिक मेला नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा सञ्चालन भएको हो ।
‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भरतातर्फ अग्रसर बनौँ’ भन्ने नाराका साथ आयोजित मेलामा घरेलु उत्पादन, स्थानीय, खानाक...































