संगालोखबर

धनकुटा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले धनकुटामा आयोजना गरेको कार्यक्रममा ५९ पाउण्ड रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी धनकुटा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र राई प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई लगायतको उपस्थिति थियो ।

Advertisement

त्यस अवसरमा जनप्रतिनिधि, विद्यार्थी, विभिन्न संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले रक्तदान गरेका थिए । ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता सिर्जनशीलता, गतिशीलता’ नारासहित कार्यक्रम आयोजना गरिएको हो । रक्तदान जीवनदान गरेसरह भएकाले कसैलाई रगत आवश्यक पर्दा अभाव नहोस् भनेर कार्यक्रम गरिएको युवा सङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!