संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख परशुराम खापुङसँग भेटघाट गरेका छन् । पाँच वर्षे कार्यकाल सकेर यही कात्तिक २४ गते बिदाई हुन लागेका प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीले भेट गरेका हुन् ।

Advertisement

भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा अभिभावकत्व प्रदान गर्दै प्रदेशको विकास र समृद्धिमा पुर्याएको योगदानप्रति प्रदेश प्रमुख खापुङलाई मुख्यमन्त्री कार्कीले धन्यवाद दिए । भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष हुने भएकाले २०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका खापुङको कार्यकाल सकिन लागेको हो । एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!