सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा बजार क्षेत्रका किराना पसल तथा होटलमा छड्के अनुगमन गरिएको छ । बजारका आधा दर्जनभन्दा बढी पसल तथा होटलमा आज अनुगमन गरिएको हो । धनकुटा नगरपालिका-७ का ५ वटा किराना पसल र ४ वटा होटलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा ८ हजार २ सय ८५ रुपैयाँभन्दा बढीको सामान जफत गरिएको छ ।

Advertisement

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिनुका साथै मूल्यसूची अनिवार्य टाँस गर्न निर्देशन दिइएको छ । त्यस्तै, बजारमा होटलको सरसफाइ र गुणस्तरमा सुधार गर्न आग्रह गरिएको थियो ।

बजारमा म्यागुज्रेका सामान बेचबिखन गर्ने गरेको सूचना आएकाले यसलाई नियन्त्रण गर्नका लागि अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए । आगामी दिनमा पनि म्याद गुज्रेका सामान बेचबिखन गरेको पाइएमा कडाइका साथ कारबाही गरिने र अनुगमनलाई अझ प्रभावकारी बनाइदै लैजाने रायमाझीले बताए । पसल तथा होटलबाट जफत गरिएका म्याद गुज्रेका अखाद्य बस्तु पुरेर नष्ट गरिएको थियो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय धनकुटा, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय उपभोक्ता मञ्च र प्रहरी कार्यालय धनुकटाका प्रतिनिधि सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!