सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँजात्रा आज धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । धनकुटा बजार क्षेत्रमा प्रतीकात्मक रुपमा रोपाइँ गरी यो जात्रा मनाइएको हो ।

Advertisement

हातमा बीउ लिएका रोपाहार र कोदाली बोकेर युवकहरु रोपाइँ जात्रामा निस्केका थिए । खेतमा गोरु नारेजसरी मान्छेलाई गोरुको स्वरुप जस्तै बनाई बाटोमा हिँडाइएको थियो ।

पुरुषले महिलाको र महिलाले पुरुषको पोशाक लगाएर जात्रामा सहभागी भएका थिए । विषेशगरी नेवारी समुदायले रोपाइँजात्रा मनाउने गरेको पाइन्छ । पछिल्लो समय अन्य समुदाय पनि सहभागी हुने गरेको स्थानीय रिजन पोख्रेलले बताए ।

जात्रामा नौमती बाजासहित झाँकी र लाखे नाच पनि प्रस्तुत गरिएको थियो । बिहीबारे हाटमा भेला भई माथिल्लो कोप्चे, ओमशान्ति मार्ग, तल्लो कोप्चे परिक्रमा गर्दै हाटमै पुगेर जात्रा समापन गरिएको थियो ।

रोपाइँ जात्रा नेवार जातिको खेती कर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको पाइन्छ । खासगरी महादेव र देवासुरबीच महासङ्ग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयाका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको मान्यता रहेको स्थानीयले गोविन्द राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!