सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८०/८१ मा ५३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ ।

Advertisement

आत्महत्या गर्नेहरू मध्ये पुरुष ३५, महिला १२, बालक ३ र बालिका ३ जना छन् । त्यस्तै, विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुष ६ र महिला एकजना छन् । आफैँलाई आगो लगाएर एकजना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

झुन्डिएर आत्महत्या गर्नेमा १८ वर्षभन्दा मुनिका ६ जना, १९ देखि ४० वर्ष उमेर समूहका २० जना, ४१ देखि ६० वर्ष उमेर समूहका १० र ६१ वर्षभन्दा माथिका ७ जना रहेको प्रहरीले जनाएको छ ।

विष सेवन गरी आत्महत्या गर्नेमा १९ देखि ४० वर्ष उमेर समूहका ४, आगो लगाई आत्महत्या गर्ने १९ देखि ४० वर्ष उमेर समूहका एकजना छन् । आत्महत्या दुरुत्साहन मुद्दासँग सम्बन्धित १९ वर्षदेखि ४० वर्ष उमेर समूह र ४० देखि ६० वर्ष उमेरका एक–एकजना छन् ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!