सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पख्रीबासमा कोशी प्रदेशका तीन जिल्लाका प्रशासक तथा सुरक्षा अधिकारीहरूको सहभागिता सुरक्षा तथा समन्वयको बैठक गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा आज भएको बैठकमा सङ्खुवासभा, भोजपुर र धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

Advertisement

बैठकमा तीनवटै जिल्लाका साझा विषयमा विषयमा छलफल भएको थियो । जिल्लामा विपत व्यवस्थापन सम्बन्धी, शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका सम्बन्धनमा छलफल भएको थियो ।

यसैगरी, खुल्ला सिमाना व्यवस्थापन लगायत विषयमा छलफल गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । अपराध नियन्त्रण लगायत विषयमा जिल्लाहरू बीच सहकार्य गर्ने सहमति पनि गरिएको जनाइएको छ । बैठकमा सवारी साधन जाँचमा कडाइ, विपद् व्यवस्थापन, प्रतिकार्य र विपद्पछिको अवस्था व्यवस्थापनमा साझेदारी, बन पैदावार तथा चोरी सिकारी नियन्त्रण कसरी गर्न सकिन्छ भनेर छलफल भएको थियो ।

यसैगरी, अवैध मदिरा नियन्त्रण, आपराधिक घटना नियन्त्रणका लागि पूर्वतयारी, भारतीय सवारी साधन जाँचमा कडाइ, रणनीतिक महत्वका स्थानहरुमा सिसी क्यामरा जडान गर्न स्थानीय सरकारसँग समन्वय, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ । बैठकमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का र भोजपुरका प्रमुख जिल्ला अधिकारी नरबहादुर थापासहित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!