संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-२० च्यानडाँडामा गोली चलाएर प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहान करिब ३ बजे दुई राउन्ड हवाई फायर गरेर प्रहरीले गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बा १० च ५०३८ र को १ च ८१८२ नम्बरको स्कारपियो गाडीमा गाँजा लोड भइरहेको फेला पारेको थियो ।

Advertisement

सोही क्रममा गाँजा ओसार-पसारमा संलग्न व्यक्ति भाग्न खोजेपछि पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उक्त स्थानबाट २०९ किलो ४२ ग्राम गाँजा र स्कारपियोसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्र प्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार साह, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान-११ का २१ वर्षीय  अमृत विशङ्खे छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!