सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । आज साउन महिनाको अन्तिम सोमबार धनकुटाको विश्रान्ति मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ । धनकुटा नगरपालिका–९ स्थित विश्रान्ति मन्दिरमा भक्तजनहरुले तमोर नदी र लेउती खोलाको संगम स्थलबाट जल ल्याएर चढाउने गरेका छन् । 

Advertisement

उक्त संगम स्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विश्रान्तिमा बिहानैदेखि भक्तजनहरू जल लिएर बोलबम भजनसहित आएका थिए । मन्दिरमा धनकुटासहित कोशी पहाडका भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

साउनको सोमबार भगवान शिवको प्रिय बार भएको भन्ने धार्मिक विश्वासका साथ हिन्दु धर्मावलम्बी महिलाहरू व्रत बस्ने गर्दछन् । व्रत बसी पूजाआजा गर्ने, दान गर्ने लगायतका काम परापूर्वकालदेखि गर्दै आएका पाइन्छ । 

साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाहरूले विधिपूर्वक अन्तिम सोमबार पूजापाठ गरी व्रत समापन गर्ने गर्छन् । सोमबारको व्रत बसेर शिवको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

धनकुटामा विश्रान्तिसहित मधुगङ्गा, धर्मगंगा, छिन्ताङ, बक्रकुण्ड लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पूर्वका झापाको अर्जुनधारा, खोटाङको हलेसी, विराटनगरको विराटेश्वर र कञ्चनेश्वर महादेव मन्दिर, धरानको पिण्डेश्वर लगायत धाममा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!