सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित चिउरीबोटे नजिक पहिरो खसेपछि सेउले–मधुगंगा ग्रामीण सडक अवरुद्ध भएको छ । गएराति सडक माथिबाट पहिरो खस्दा पैदल हिँड्न समेत समस्या भएको छ । सवारी साधन सञ्चालन हुन सकेको छैन ।

Advertisement

सेउले र चिउरीबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षति पुगेको स्थानीय चेतनाथ वाग्लेले बताए । पहिरोका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री बजार पुर्याउन पनि कठिन भएको स्थानीयले बताएका छन् ।

माथिबाट खसेका ठूल्ठूला ढुङ्गाले सडक छोपिएको छ । उक्त क्षेत्र भएर धनकुटा नगरपालिका–२ भीरगाउँ र ३ का सेउले, पम्फा चोक, चिउरीबोटे लगायतका स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!