संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट गाँजा बोकेको मिनी ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक सहिदभूमि गाउँपालिका–५ का २८ वर्षीय भूमिराज राईलाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

प्रहरी नायब निरीक्षक रमेश प्रधान नेतृत्वको टोलीले धनकुटाबाट धरान जाँदै गरेको को १ ख ३८०८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो ।

चालक बस्ने सिट पछाडि लुकाएर राखेको अवस्थामा ९ वटा सेतो बोरामा १३५ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसार गर्न प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!