संगालोखबर

विराटनगर । कार्यसम्पादन मूल्याङ्कनमा देशभरका ५७ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९० भन्दा बढी अङ्क ल्याएका छन् । उत्कृष्ट १० को सूचीमा कोशी प्रदेशका तेह्रथुम र सोलुखुम्बु परेका छन् ।

Advertisement

धनकुटा १३ औं नम्बरमा परेको छ । ९५.८७ अङ्क ल्याउँदै धनकुटा मूल्याङ्कन सूचीको १३ नम्बरमा परेको हो । यस्तै, ९५.२५ अङ्कका साथ झापा १७ औं नम्बरमा परेको छ भने ९४.३१ अङ्कसाथ सुनसरी २६ औं र ९२.७५ अंक ल्याएर मोरङ ३९ औं नम्बरमा परेको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्याङ्कनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र त्यसभन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कन सम्झौता बमोजिम मूल्याङ्कन गर्दा जिल्ला प्रशासन कार्यालयहरूले ७६.२५ देखि ९८ अङ्कसम्म पाएको मन्त्रालयले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अङ्क ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अङ्कसहित अन्तिम स्थानमा छ ।

रूपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।

यस्तो छ सूची–

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!