
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला तीन हजार सात सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
























