संगालोखबर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा सात सय किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक पाख्रीबास नगरपालिका–१० का टंकबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

धनकुटाबाट धरान गइरहेको ना ८ ख १२६८ नम्बरको ट्रक चालक मगरलाई प्रहरी चौकी भेडेटारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । तरकारी बोकेको ट्रकलाई जाँच गर्ने क्रममा २३ वटा बोराभित्र ७३६ किलो गाँजा फेला परेको थियो ।

तरकारीको बोराले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजा ओसारपसार गर्न प्रयोग भएको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!