सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन आंशिक प्रभावित बनेको छ । परिषदले आज धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको हो ।

Advertisement

धनकुटामा बिहानैदेखि यातायातका साधन सञ्चालन भइरहेका छन् । तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाबाट धनकुटा हुँदै तराईसम्म पुग्ने साथै लामो तथा छोटो दूरीमा जाने यातायातका साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र खड्काले जानकारी दिए ।

तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, सुनसरी, मोरङ र झापामा पनि यातायातका साधन सञ्चालनमा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कोशी प्रदेश प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

वि.सं. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषदले हरेक वर्ष यस दिनलाई ‘कालो दिन’ का रूपमा मानेर बन्द आह्वान गर्दै आएको छ ।

अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकारसहितको स्वायत्त लिम्बुवान राज्य घोषण गरिनुपर्ने मागसहित परिषदले बन्दको आह्वान गर्दै आएको जनाएको छ । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म बन्द आह्वान गरको परिषदले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!