संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न आग्रह गरेको छ । ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयमा ऋण चुक्ता नगरे सहकारी ऐनअनुसार कारबाही गरिने जनाएको छ । 

Advertisement

नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिएर तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भएको नगरपालिकाले उल्लेख गरेको छ । जसका कारण सदस्यहरूको बचत फिर्ता गर्न नसक्दा सहकारी संस्थाहरूमा गम्भीर समस्या सिर्जना भएको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले ऋण नतिर्ने ऋणी सदस्यहरूको ३ पुस्ते विवरण माग गरेको थियो । जसअनुसार १७ वटा सहकारी संस्थाका ५ सय ६२ जना ऋणी सदस्यहरूले चौध करोड ८१ लाख ३२ हजार १९७ साँवा र ब्याज रकम बुझाउनु पर्ने देखिएको जनाइएको छ ।

नगरपालिकाले साउन ३१ गते सूचना जारी गर्दै यो जानकारी दिएको हो । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र रकम बुझाउन ऋणी सदस्यलाई नगरपालिकाले आग्रह गरेको छ । नबुझाएको खण्डमा सहकारी संस्थाको ऋण असुली सम्बन्धमा धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६२ बमोजिम ऋणी सदस्यहरूको ३ पुस्ते विवरण सार्वजनिक गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!