संगालोखबर

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ ।

Advertisement

समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ ।

यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र सचिवमा कुलबहादुर तितुङ चयन भएका छन् ।

उनीहरूलाई एमाले केन्द्रिय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!