संगालोखबर

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल भोलि धनकुटा आउने भएका छन् । एमाले धनकुटाले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमका लागि उनी धनकुटा आउन लागेका हुन् ।

Advertisement

एमाले जिल्ला कमिटी धनकुटाको तेस्रो पूर्ण बैठक बिहान ८ बजे श्रीवानीस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ । त्यसपछि दिउँसो ११ बजे सामुदायिक भवनमा पार्टी प्रवेशको वृहत कार्यक्रम हुने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष बरालसँगै स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य राजेन्द्र राई लगायत नेताहरू सहभागी हुनेछन् । विभिन्न पार्टी परित्याग गरेर एमालेमा आउन लागेका दर्जनौं नेता कार्यकर्तालाई नेताहरूले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!