सुनको मूल्य हालसम्मकै उच्च
विराटनगर । सुनको मूल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा एक हजार तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै धेरै भएको हो ।
सोमवारदेखि स्थित रहेको सुनको मूल्य आज तोलामा एक लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत भदौ १३ गते सुन तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ । बिहीबार तोल...






















