भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात
भोजपुर । भोजपुर जिल्लाबाट यो वर्ष चार हजार दुई सय मेट्रिक टन सुन्तला निर्यात भएको छ । सात सय ९० हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला निर्यात हुँदा ३५ करोड २८ लाख बराबरको रकम जिल्ला भित्रिएको हो । गत वर्ष २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो ।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार भएपनि सात सय ९० हेक्टर क्षेत्रफलबाट उत्पादन सुरु भएको छ । केन्द्रका प्रमु...


























