विराटनगर । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख विनियोजन गरिएको छ । त्यस्तै, पूँजीगततर्फ १७ अर्ब १० करोड बजेट छुट्याइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार थोरै बढाएको छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १.१७ प्रतिशत बढी बजेट ल्याइएको हो ।
बजेटको पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।