विराटनगर । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका हुन् ।
कूल बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड र पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ९९ करोड रहने छ ।
उक्त बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रुपैयाँ जुटाइने अनुमान गरिएको छ ।
पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।