किन बढ्दैछ नेपालमा चिनियाँ लगानी ?
काठमाडौं,२४ फागुन । संविधान जारी भएपछि चीनबाट नेपालमा आउने लगानीमा बढोत्तरी भएको देखिन्छ । हालै मात्रै सम्पन्न लगानी सम्मेलनमा त सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनबाटै आयो ।
यसरी लगानी तथा लगानी प्रतिबद्धता आउनुमा देशमा देखिएको राजनीतिक स्थायित्व प्रमुख कारण भएको विज्ञहरुको भनाइ छ ।
चिनियाँ लगानीकर्ताहरुसँग अहिले ठूलो मात्रामा पुँजी छ । उनीहरु उक्त पुँजी लगानी गरेर नाफा कमाउन चाहन्छन् । तर, उच...
