संगालोखबर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणा पत्र बुझाइएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चले कोशी प्रदेशका युवाहरूलाई उद्यमशीलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न अवधारणा पत्र तयार गरेका हुन् ।

Advertisement

इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यमहरूलाई आवश्यक सीप, मार्गदर्शन, लगानी पहुँच, काम गर्ने स्थान तथा सञ्जाल विस्तारका अवसरहरू उपलब्ध गराउने संरचना हो । यस्तो केन्द्र कोशी प्रदेशमा जरुरी छ, जसले यहाँका युवाहरूको प्रतिभा, सोच र उद्यमशील क्षमतालाई व्यवस्थित रूपमा अघि बढाउन सहयोग पु¥याउँने उद्यमीहरू बताउँछन् ।

यो केन्द्र निजी, सार्वजनिक तथा शैक्षिक क्षेत्रको सहकार्यमा नवप्रवर्तन, स्टार्टअप इनक्युबेसन, कानुनी सहारा, लगानी पहुँच, सीप अभिवृद्धि तथा रोजगारी सिर्जना जस्ता विषयमा क्रियाशील रहने बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!