दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति
झापा । झापामा रोगका कारण दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति भएको छ । ‘डर्टी पेनिकल’ नामक रोगका कारण झापाका पाँच पालिकाको दुई सय बिघामा लगाइएको धानमा क्षति पुगेको हो ।
भद्रपुर, हल्दीबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही ठाउँमा यो रोग देखा परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार यो रोगले धान उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने छ ।
रोगका कारण बाला निस्कने बेल...



















