मोरङ उद्योग व्यापार संघको निर्वाचन आज
विराटनगर । उद्योगी-व्यवसायीहरुको अग्रणी संस्था मोरङ उद्योग व्यापार संघको नयाँ नेतृत्व चयन गर्नका लागि आज निर्वाचन हुँदैछ ।
संघका मुख्य कार्यकारी निर्देशक कृष्ण रेग्मीका अनुसार आज निर्वाचनबाट संघको १६ जना सदस्य चयन हुनेछन् । तिनै सदस्य मध्येबाट कार्यसमिति बनाइनेछ ।
कार्यसमिति बनेपछि तीनजनालाई सदस्यमा मनोनीत गरिने प्रावधान रहेको उनले जनाए । संघमा करिब ५ सय मतदाता छन् । सदस्य निर्वाचित भएपछि सकेस...


























