संगालोखबर

धनकुटा । धनकुटामा आजदेखि कोशी प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा कृषि मेला सुरु हुँदैछ । घरेलु तथा कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले मेला आयोजना गरेको हो ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो १ बजे मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटा-६ स्थित औद्योगिक ग्राममा हुने मेला जेठ १७ गतेसम्म सञ्चालन हुनेछ ।

मेलासँगै फुड फेस्टिभल तथा सांस्कृतिक उत्सव पनि आयोजना गरिएको छ । मेलामा कृषि तथा औद्योगिक उत्पादनसँगै खानेकुराका स्टल पनि रहनेछन् । मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!