संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.–१ का कृषकहरूलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । महालक्ष्मी नगरपालिका र वडा नं.१ को कार्यालयले ८० जना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

Advertisement

कृषकहरूलाई हाते ट्याक्टर, सोलार वाटर हिटर, च्यापकटर र मिनिटिलर वितरण गरिएको छ । कृषिमा आधुनिकीकरण गरी कृषकको लागत घटाउँदै उत्पादन वृद्धिका लागि कृषि औजार प्रदान गरिएको वडाध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।

कृषि औजार वितरणले कृषकहरूलाई पेशामा निकै सहज भएको स्थानीय युवा राजेन्द्र थापा बताउँछन् । पालिकाले कृषकहरूलाई यस अघि पनि सहयोग गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!