धनकुटा नगरले व्यवसायीलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने
धनकुटा । धनकुटा नगरपालिकाले उद्यमी, व्यवसायीहरुलाई कर, भाडा, सरसफाई शुल्क र ठेक्का रकममा छुट दिने भएको छ । लकडाउनले पारेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले उद्योग, व्यापार, व्यवसाय र यातायात क्षेत्रसम्बद्ध उद्यमी, व्यावसायीलाई सहुलियत दिने निर्णय गरेको हो ।
व्यवसाय कर, बहाल कर, भाडा, ठेक्का शुल्क, सरसफाई शुल्क र सवारी पार्किङ ठेक्का शुल्कमा छुट दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अ...




























