Avatar photoRabin Katel

धनकुटा । धनकुटाको हिलेमा ‘हिले उत्सव’ गरिने भएको छ । हिले फुटबल क्लब र भलिबल क्लबको आयोजनामा चैत २३ गतेदेखि २१ दिनसम्म हिले उत्सव गर्न लागिएको हो ।

Advertisement

आयोजकले आज पत्रकार सम्मेलन गरेर उत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको हो । हिलेस्थित खेल मैदानमा हुने उत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती, खानाका स्टल, घरेलु उत्पादनको प्रदर्शनी, बाल उद्यान लगायत रहेनछ । यस पटक उत्सवमा फुटबल र भलिबल प्रतियोगिता पनि हुने हिले भलिबल क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिए ।

यसअघि दुई पटक हिले उत्सव भइसकेको छ, त्यसमा खेलकुद प्रतियोगिता गरिएको थिएन । तेस्रो हिले उत्सवमा खेलकुद प्रतियोगिता पनि गर्न लागिएको हो ।

करिब ८० लाख खर्च लाग्ने अनुमान गरिएको उत्सवमा स्थानीय पालिका, प्रायोजक, स्टल बुकिङ तथा टिकट बिक्रीबाट रकम संकलन गरिने हिले फुटबल क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए ।

खानेपानी मन्त्री राजेन्द्र राईले उत्सव उद्घाटन गर्ने तय भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement