संगालोखबर सम्वाददाता

विराटनगर । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो ।

Advertisement

घटेको मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब, पूर्वी नेपालमा पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५५.५० रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, मलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रका लागि निगमले सो मूल्य तोकेको हो ।

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ । यता, काठमाडौं, पोखरा र दिपायल क्षेत्रका लागि पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!