संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषकहरूलाई अनुदानमा मिनीटेलर, स्प्रेयर र बिउ वितरण गरिएको छ । सहिदभूमि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषक समूह र कृषि सहकारीमार्फत कृषकहरूलाई मिनीटेलर, स्प्रेयर र बिउ वितरण गरेको हो ।

Advertisement

खेतबारी जोत्नका लागि १३ वटा मिनीटेलर वितरण गरिएको छ । प्रतिगोटा ७५ हजार मूल्य पर्ने मिनीटेलरका लागि गाउँपालिकाले ५० प्रतिशत अर्थात ३७ हजार ५ सय रुपैयाँका दरले ५ लाख अनुदान दिएको छ ।

कृषिमा आधुनिकीकरण गरी कृषकको लागत घटाउँदै उत्पादन वृद्धिका लागि कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । गाउँपालिकाका २५ वटा कृषि समूहलाई विषादी छर्ने १३२ थान स्प्रेयरसहित टमाटर र खुर्सानीको बिउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की लगायतले कृषि सामग्री र बिउ वितरण गरेका छन् ।

प्रतिगोटा ५ हजार ८ सय पर्ने स्प्रेयरमा पनि गाउँपालिकाले २ हजार ९ सयका दरले ३ लाख ५० हजार अनुदान दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले टमाटरको बीउमा कुल ५ लाख र खुर्सानीको बीउमा २ लाख ५० हजार अनुदान दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!