संगालोखबर

विराटनगर । उद्योगी–व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकहरुको सीप वृद्धि गर्ने उद्देश्यले प्रशिक्षण दिएको छ । उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘इनर्जी इफिसियन्सी’ प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा २२ जना प्राविधिकको सहभागिता थियो ।

Advertisement

२० दिने तालिम समापनका अवसरमा बिहिवार सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने उनले बताए ।

प्रशिक्षक सञ्जयकुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई ऊर्जा खपत न्यूनीकरणका उपायहरु, खेर गइरहेको ऊर्जा नियन्त्रण तथा मेसिनको प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समुचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्दति र महत्वका विषयहरुबारे जानकारी दिइएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!