संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट संशोधनका लागि गाउँसभामा प्रस्ताव पेश गरिएको छ । बिहीबार दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बजेट संशोधन प्रस्ताव पेश गरिएको हो ।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समिति संयोजक रत्नश्वरी राईले बजेट संशोधन प्रस्ताव पेश गरिन् । भवन निर्माण तथा मर्मत, सडक निर्माण, खानेपानी आयोजना, मेसिनरी औजार खरिद लगायत शीर्षकको बजेटमा केही परिमार्जन गर्न प्रस्ताव गरिएको छ ।

केही योजनाको शीर्षक परिवर्तन तथा परिमार्जन गरिएको छ भने केहीमा बजेट थपघट गर्न प्रस्ताव पेश गरिएको छ ।

चालु आर्थिक वर्षको केही बजेट संशोधन गर्नुपर्ने भएकाले प्रस्ताव पेश गरेर संशोधनको प्रकृया अघि बढाइएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

फागुन १६ गते अधिवेशनको दोस्रो बैठक बस्नेछ । सोही बैठकबाट बजेट संशोधन प्रस्ताव पारित गर्ने तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!