संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा रोजगार मेला गरिने भएको छ । विराटनगर महानगरपालिकाले चैत २ र ३ गते वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा ‘महानगर रोजगार मेला’ गर्न लागेको हो ।

Advertisement

विराटनगर महानगरले मंगलबार पत्रकार सम्मेलन गरेर रोजगार मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको हो । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने मेयर नागेश कोइरालाले बताए । स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, बैंकिङ, पर्यटन, होटल, बैंक, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउनका लागि मेलाबाट समन्वय गरिनेछ ।

बेरोजगार युवाहरूलाई रोजगारबारे सूचना दिलाउने उद्देश्य राखिएको मेलामा प्राविधिक, प्रशासनिक, उद्योग र श्रमिक क्षेत्रका व्यक्तिहरूको सहभागिता हुनेछ । मेलामा तीन हजार जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । सहभागीमध्ये करिब १ सय ५० जनाले रोजगारी अवसरको सूचना प्राप्त र प्रत्यक्ष भेटघाटको अवसर पाउने अनुमान गरिएको छ ।

मेलामा उद्योग, हस्पिटल, होटेल, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्र, रोजगार केन्द्र लगायतका करिब ४० वटा स्टल रहने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए ।

मेलामा स्टल निःशुल्क उपलब्ध गराइनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!