धनकुटा र तेह्रथुमका १५५ कृषकलाई मिनी पावर टेलर वितरण
धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले १५५ जना कृषकलाई मिनी पावर टेलर वितरण गरेको छ । कृषि तथा सहकारी मन्त्रालयको कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले धनकुटाका ७९ र तेह्रथुममा ७६ कृषकलाई जोत्न प्रयोग गरिने हाते ट्याक्टर प्रदान गरेको हो ।
७५ प्रतिशत अनुदानमा कृषकहरुलाई ७८ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ निर्मल धमलाले जानकारी...



























