Avatar photoRabin Katel


विराटनगर । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले वृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको हो ।

अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ ५० पैसा पर्नेछ । काठमाडौं उपत्यकासँगै पोखरा र दिपायलमा १७५ रुपैयाँ तथा सुर्खेत र दाङमा १७४ पर्ने निगमले जनाएको छ ।

Advertisement

डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement