संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा उक्त आयोजनाका संरचना बनाइने भएको हो ।

आयोजनाको संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

Advertisement

आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने जनाइएको छ । फुङलिङ नगरपालिका मेयर अमिर मादेनले आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गरेका छन् ।

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!